Kathmandu Press

फ्रान्समा लकडाउन खुकुलो बनाउने तयारी 

काठमाडौं, वैशाख १७ : फ्रान्सले लकडाउनलाई खुकुलो बनाउने तयारी गरेको छ । त्यसका लागि सार्वजनिक यातायात र विद्यालयमा मास्कको प्रयोग अनिवार्य बनाउने भएको ....

फ्रान्समा लकडाउन खुकुलो बनाउने तयारी 

काठमाडौं, वैशाख १७ : फ्रान्सले लकडाउनलाई खुकुलो बनाउने तयारी गरेको छ । त्यसका लागि सार्वजनिक यातायात र विद्यालयमा मास्कको प्रयोग अनिवार्य बनाउने भएको हो ।

कोरोना भाइरसको महामारीका कारण बढी प्रभावित हुने मध्येमा एक रहेको फ्रान्सले जारी रहेको लकडाउन आउँदो मे ११ देखि खुकुलो बनाउने भएको हो । लकडाउन खुकुलो बनाए पनि सार्वजनिक यातायात र विद्यालयमा मास्कको प्रयोग अनिवार्य हुने प्रधानमन्त्री इड्वार्ड फिलिपले बताए ।

Hardik ivf

सरकारले विद्यालयहरु क्रमिक रुपमा खुलाउँदै जाने योजना बनाएको उनले बताए । सुरुमा किन्डरगार्डेन र त्यसपछि प्राइमरी स्कूल खुलाइने छ । अन्त्यमा मात्रै सेकेन्डरी स्कूल खुलाइने र त्यहाँ मास्कको प्रयोग अनिवार्य गरिने फ्रान्स सरकारले बताएको छ ।

११ देखि १५ वर्ष उमेरका बालबालिकाले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने भएको हो । कोरोना भाइरसबाट बढी प्रभावित भएको अर्को देश स्पेनले पनि जनजीवन केही खुकुलो र सामान्य बनाउने तर्फ कदम चालेपछि फ्रान्सले पनि आफ्नो योजना सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: ०८:१० बजे, बुधबार, वैशाख १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्