बहराइनमा एकैदिन ७७ नेपालीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, वैशाख १७ : बहराइनमा एकैदिन थप ७७ नेपाली कोरानाबाट संक्रमित भएका छन् ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार ४ कम्पनीमा कार्यरत गरी ए....

काठमाडौं, वैशाख १७ : बहराइनमा एकैदिन थप ७७ नेपाली कोरानाबाट संक्रमित भएका छन् ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार ४ कम्पनीमा कार्यरत गरी एकै दिन ७७ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए ।
योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ। यसअघि बहराइनमा ४९ नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।
प्रकाशित मिति: ०६:५४ बजे, बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












