Kathmandu Press

लेवनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधि भीडन्त म्यानमारसँग

बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा लेवनानमाथि १–०को जित निकाल्दै नेपाल एक खेल बाँकी छँदै फाइनलमा प्रवेश गरेको हो।
लेवनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधि भीडन्त म्यानमारसँग

काठमाडाैं, फागुन ८ : नेपाल दशरथ रंगशालामा जारी चार देशीय अन्तर्राष्ट्रिय महिला च्यम्पियन्सपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा लेवनानमाथि १–०को जित निकाल्दै नेपाल एक खेल बाँकी छँदै फाइनलमा प्रवेश गरेको हो।

यसअघि नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई पनि १–०ले नै हराएको थियो। अब नेपालले उपाधिका लागि म्यानमारसँग खेल्ने छ।

नेपाल विजयी भएसँगै म्यानमार पनि फाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा म्यानमारले पनि लगातार दुई जित निकालेको छ। गोल अन्तरमा म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा छ।

अब नेपालले अन्तिम खेलमा म्यानमारसँग खेल्ने छ।

नेपालले खेलको ४२औं मिनेटमा अग्रता लिएको थियो। विमला चौधरीको कर्ननमा डिबक्सबाट क्लियर भएर आएको बलमा सावित्रा भण्डारीले गरेको प्रहार लेबनानकी खेलाडी फराह टेलरमा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको छ।

त्यही अग्रता जोगाउँदै नेपाल विजयी भयो। 

खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टिमले गोलका राम्रा अवसर सिर्जना गरेको थियो। तर, दुवै टिमले सदुपयोग गर्न भने सकेनन्।
 

प्रकाशित मिति: २०:१४ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्