Kathmandu Press

लेवनानविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

दशरथ रंगशालामा जारी चार देशीय महिला च्यम्पियन्सपको दोस्रो खेलमा नेपालले ४२औं मिनेटमा अग्रता लिएको हो। 
लेवनानविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

काठमाडाैं, फागुन ८ : नेपालले लेवनानविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ। 

दशरथ रंगशालामा जारी चार देशीय अन्तर्राष्ट्रिय महिला च्यम्पियन्सपको दोस्रो खेलमा नेपालले ४२औं मिनेटमा अग्रता लिएको हो। 

विमला चौधरीको कर्ननमा डिबक्सबाट क्लियर भएर आएको बलमा सावित्रा भण्डारीले गरेको प्रहार लेबनानकी खेलाडी फराह टेलरमा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको छ।

खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टिमले गोलका राम्रा अवसर सिर्जना गरेको थियो। 

नेपालले कीर्गिस्तानविरुद्धको खेलभन्दा सुधारिएको प्रदर्शन गरेको थियो।

प्रकाशित मिति: १८:५८ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्