Kathmandu Press

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलको लक्ष्यसहित नेपालले लेबनानसँग खेल्दै

लेबनानसँग खेल्दा लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलको लक्ष्यसहित नेपालले लेबनानसँग खेल्दै

काठमाडौं, फागुन ८ : चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ।

त्यसअघि पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ। चारै टोलीको यो दोस्रो खेल हुनेछ। पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले तथा नेपालले कीर्गिस्तानलाई १–० ले पराजित गरेको थियो।

लेबनानसँग खेल्दा लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ। तर, त्यसका लागि नेपालले कीर्गिस्तानसँग गरेको स्ट्राइकिङको कमजोरी भने सुधार गर्नुपर्ने हुन्छ। जसमा नेपालले थुप्रै गोलका अवसर सिर्जना गरेपनि १ गोल मात्र गर्न सकेको थियो।

म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेकोले आज दोस्रो जित हात पारे एक खेल अघि नै सेमिफाइनल पुग्नेछ।

 

प्रकाशित मिति: ११:११ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्