Kathmandu Press

कीर्गिस्तानविरुद्ध नेपाललाई पहिलो हाफमा १–०को अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले कीर्गिस्तानविरुद्ध पहिलो हाफमा पूर्ण खेल आफ्नो नियन्त्रणमा राखे पनि १ गोलमात्र अग्रता लियो।
कीर्गिस्तानविरुद्ध नेपाललाई पहिलो हाफमा १–०को अग्रता

काठमाडाैं, फागुन ५ : चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पहिलो हाफमा १–०को अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले कीर्गिस्तानविरुद्ध पहिलो हाफमा पूर्ण खेल आफ्नो नियन्त्रणमा राखे पनि १ गोलमात्र अग्रता लियो।

विमला चौधरीले खेलमा १०औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। राष्ट्रिय टिममा विमलाको यो पहिलो गोल हो।

खेलमा नेपालले पूर्ण रुपमा दबाब बनाएको थियो। नेपालले १९ सट प्रहार गर्दा ९ सट फ्रेममा थियो। तर, नेपाली खेलाडी फिनिसिङमा चुके। 

इन्जुरी समयको अन्त्यमा नेपालका लागतार दुई प्रहार बारमा लागेर फर्किएको थियो। यता, कीर्गिस्तानले गोलको एउटै मुभ बनाउन सकेको छैन। 

प्रकाशित मिति: १८:५९ बजे, सोमबार, फागुन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्