Kathmandu Press

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले च्याम्पियनसिपका लागि एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेको हो। 
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडाैं, फागुन १ : यसै साताबाट सुरु हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले च्याम्पियनसिपका लागि एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेको हो। 

प्रशिक्षक राजेन्द्र तामाङले महिला टिममा दुई नयाँ अनुहारलाई मौका दिएका छन्। डिफेन्डर मनमाया दमाइ र मिडफिल्डर सुष्मा तामाङ पहिलोपटक टिममा परे। साफ च्याम्पियनसिपका क्रममा घाइते भएका हिराकुमारी भुजेल र दिपा शाहीको स्थानमा मनमाया र सुष्माले मौका पाएका हुन्। 

प्रतियोगिता फागुन ५ गतेबाट दशरथ रंगशालामा हुनेछ। जसमा नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तानसहभागी छन्। 

च्याम्पियनसिपमा नेपालले ५ गते कीर्गिस्तान, ८ गते लेवनान र ११ गते म्यानमारसँग खेल्ने छ।

नेपाली टिम : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ (गोलकिपर), अमृता जोशी, गीता राना, विमला विक, पुजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया धामी (डिफेन्डर), अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बू, सविना रानामगर, रेनुका हमाल र सुष्मा तामाङ (मिडफिल्डर), सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी र रेखा पौडेल (स्ट्राइकर) ।


 

प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, फागुन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्