Kathmandu Press

च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटीमाथि रियलको रोमाञ्चक जित

मंगलबार राति इत्तिहाद रंगशालामा भएको रोमा    ञ्चक खेलमा रियलले पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटीमाथि ३–२को जित निकाल्यो।
च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटीमाथि रियलको रोमाञ्चक जित

काठमाडौं, माघ ३० : युईएफए च्याम्पियन्स लिगको नकआउटको प्लेअफको पहिलो खेलमा स्पेनिस जायन्ट रियल मड्रिड विजयी भएको छ।

मंगलबार राति इत्तिहाद रंगशालामा भएको रोमा    ञ्चक खेलमा रियलले पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटीमाथि ३–२को जित निकाल्यो।

Hardik ivf

खेलमा रियललाई जित दिलाउन किलियन एम्बाप्पे, जुड बेलिङ्घम र ब्राहिम डियाजले गोल गरे भने सिटीका लागि दुवै गोल अर्लिङ हालान्डले गरेका थिए। खेलमा अग्रता पनि घरेलु टोली सिटीले लियो। उसका लागि १९औं मिनेटमा हालान्डले गोल गरेका थिए। खेलको पहिलो हाफ १–० मै सकियो।

दोस्रो हाफमा रियल खेलमा फर्कियो। ६०औं मिनेटमा उसका एम्बाप्पेले बराबरी गोल गरेका थिए। तर, ८०औं मिनेटमा खेलमा सिटीले पुनः अग्रता बनायो। ड्यानी सेबायोसले फिल फोडेनलाई फाउल गरेपछि पाप्त पेनाल्टीमा हालान्डले गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाएका थिए।

८६औं मिनेटमा सब्टिच्युट खेलाडी डियाजले रियलका लागि बराबरी गोल गरे। त्यसपछि खेल बराबरी तर्फ उन्मूख भयो। तर, इन्जुरी समयको दोस्रो मिनेटमा भिनिसियस जुनियरको पासमा बेलिङ्घमले गोल गरेपछि खेलमा रियलले दुई पटक पछि परेको अवस्था उल्टाउँदै ३–२को जित निकाल्यो। 

यस्तै अन्य खेलमा फ्रेन्च क्लब पिएसजी, इटालियन क्लब युभेन्ट्स र जर्मन क्लब बोरुसिया डर्टमन्ड विजयी भएका छन्।

प्रकाशित मिति: ०८:४७ बजे, बुधबार, माघ ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्