Kathmandu Press

पाथिभरामा केबलकार रोक्न माग गरिएको रिट सर्वोच्चले दर्ता गर्न मानेन

पाथिभरामा केबलकार रोक्न माग गरिएको रिट सर्वोच्चले दर्ता गर्न मानेन

काठमाडौं, माघ २९ः ताप्लेजुङको पाथिभरामा केबलकार निर्माण रोक्न माग गर्दै पेश भएको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्विकार गरेको छ।

सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले रिटमाथि दरपिठ आदेश गर्दै दर्ता अस्विकार गरेका हुन्। आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्चमा रिट पश गरेका थिए। पहिले पनि सोही प्रकृतिको रिट सर्वोच्चमा विचाराधीन रहेको भन्ने आधारमा रिट दर्ता अस्विकार गरिएको हो।

‘प्रस्तुत निवेदन दर्ताको सम्बन्धमा हेर्दा, सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ (२) रिट उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषय निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित अधिकारीले आधार र कारण खुलाई त्यस्तो लिखत दरपीठ गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ,’ दरपिठ आदेशमा भनिएको छ।

प्रकाशित मिति: १६:०४ बजे, मंगलबार, माघ २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्