Kathmandu Press

अन्तिम खेलमा नेपाल ७ विकेटले पराजित, थाइल्याण्डले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

अन्तिम खेलमा नेपाल ७ विकेटले पराजित, थाइल्याण्डले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडाैं, माघ २५ः कीर्तिपूरस्थित टियु मैदानमा भएको महिला त्रिकोणात्मक टि२०आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डले नेपाललाई ७ विकेटले पराजित गरेको छ। यो जितसँगै थाइल्याण्डले त्रिकोणात्मक सिरिजको उपाधि पनि हात पारेको छ।

नेपालले दिएको ८१ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको छ।

टस जितेर ब्याटिङ रोजेको नेपालले कमजोर ब्याटिङ गरेपछि अपेक्षित योगफल बनाउन सकेको थिएन। निर्धारित २० ओभरमा नेपालले ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो।

नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन्। उनले २९ बलमा १ चौका प्रहार गरिन्। कविता जोशीले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाइन्। कप्तान इन्दु बर्मा १० रनमा आउट हुँदा राजमती ऐरी ११ रन बनाएर नटआउट रहिन्।

थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ३ विकेट लिइन् भने चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान १ विकेट लिए।

८२ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको थाइल्याण्डका लागि कप्तान नारुइमोल चाइवाईले नटआउट रहँदै सर्वाधिक २७ रन बनाइन्। यस्तै, नान्नापाट कोन्चारोएन्काईले २३ रनको योगदान दिइन्। ओपनरद्वय नट्टाया बूचाथम र अफिसारा सुवान्चोराठीले क्रमशः ११ रन र ५ रन बनाए भने फन्निता माया ९ रन बनाएर अविजित रहिन्।

नेपालका लागि इन्दु बर्माले २ विकेट लिइन् भने पूजा महतोले १ विकेट लिइन्।

यससँगै थाइल्यान्डले क्रिकोणात्मक महिला टि२०आई सिरिजको उपाधि हात पारेको छ। नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज नेपालले भएर जीतविहिन भएर सक्काएको छ।

सिरिजमा ३ देशले एकअर्कासँग समान ३–३ खेल खेलेका थिए। नेपालले कुल ५ खेलमा कुनैमा पनि जीत निकाल्न सकेन।

नेदरल्याण्ड्सले नेपालसँग खेलेका ३ वटै खेल र थाइल्याण्डविरुद्धको अन्तिम खेलमा जीत निकाल्दै ६ खेलमा ४ जीतका साथ ८ अंक बनाउन सफल भयो।

थाइल्याण्डले भने नेपालसँग ३ खेल र नेदरल्याण्डस्विरुद्ध २ जीत निकाल्दै ६ खेलमा ५ जीतबाट १० अंक बनाउँदै सिरिज जित्न सफल भएको हो।

प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, माघ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्