Kathmandu Press

पुजाको उत्कृष्ट ब्याटिङ, नेपालले दियो नेदरल्यान्ड्लाई १४६ रनको लक्ष्य

कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाउँदै १४५ रन बनायो।
पुजाको उत्कृष्ट ब्याटिङ, नेपालले दियो नेदरल्यान्ड्लाई १४६ रनको लक्ष्य

काठमाडाैं, माघ २३ : युवा ब्याट्सम्यान पुजा महतोले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु मैदानमा जारी त्रिकोणात्मक महिला टि२० सिरिजको पाँचौं खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाउँदै १४५ रन बनायो। नेपालका लागि पुजाले सर्वाधिक ६२ रन बनाइन्। उनले ५१ बल खेल्दै ५ चौका प्रहार गरिन्।

Hardik ivf

यस्तै, कप्तान इन्दू बर्माले ३७ बलमा ५ चौका मद्दतमा ३९ रन बनाइन्। ७(२को दबाबपूर्ण अवस्थाबाट पुजा र इन्दूले तेस्रो विकेटका लागि ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यस्तै, रुविना क्षेत्रीले २० रन बनाउँदा कविता जोशीले ७ रन बनाइन्।

बलिङमा नेदरल्यान्ड्सकी इरिक विलिङले २ विकेट लिइन्।

सिरिजमा नेपाल जित बिहीन छ भने नेदरल्यान्ड्सले २ खेल जितेको छ।

प्रकाशित मिति: १४:०६ बजे, बुधबार, माघ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्