Kathmandu Press

त्रिकोणात्मक सिरिजमा पुजाले बनाइन् अर्धशतक

कीर्तिपुरस्थित टियू मैदानमा जारी नेदरल्यान्डसविरुद्धको खेलमा पुजाले ४३ बलमा ४ चौका प्रहार गर्दै अर्धशक प्रहार गरेकी हुन्।
त्रिकोणात्मक सिरिजमा पुजाले बनाइन् अर्धशतक

काठमाडाैं, माघ २३ : घरेलु मैदानमा जारी त्रिकोणात्मक महिला टि-२० सिरिजको पाँचौं खेलमा नेपालकी पुजा महतोले अधर्शतक प्रहार गरेकी छिन्।

कीर्तिपुरस्थित टियू मैदानमा जारी नेदरल्यान्डसविरुद्धको खेलमा पुजाले ४३ बलमा ४ चौका प्रहार गर्दै अर्धशक प्रहार गरेकी हुन्। त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो।

पुजाको अर्धशत मद्दतमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले उत्कृष्ट ब्याटिङ गरेको छ। ताजा अवस्थामा १८ ओभरको समाप्तिमा नेपाल १२५-४को अवस्थामा छ।

पुजा बाहेक नेपालका लागि कप्तान इन्दू बर्माले ३७ बलमा ३९ रन बनाउँदा रुविना क्षेत्रीले १३ बलमा २० रन बनाइन्।

प्रकाशित मिति: १३:३३ बजे, बुधबार, माघ २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्