नेपाल टेलिकमको प्रभाव घटेजस्तो लाग्यो, व्यवस्थित गर्न जरुरी : मन्त्री गुरुङ
उनले नेपाल टेलिकमको इतिहास राम्रो नै भएपनि अहिले प्रतिस्पर्धाको समयमासंस्थाको प्रभाव घटेको पनि बताए।-1738666042.png)
काठमाडौं, माघ २२ : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिकमको सुधारको लागि समिति गठन भएर काम अगाडि बढेको बताएका छन्।
मंगलबार काठमाडौंमा नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले टेलिकमलाई सुधार र व्यवस्थित गर्नको लागि समिति बनाएको भन्दै समितिले उठाएका मुद्दालाई सम्बोधन गरेर नेपाल दूर सञ्चारहरुलाई व्यवस्थित गर्ने बताए।
‘नेपाल टेलिकमको सुधारमा देखिएका समस्या, कर्मचारीको अवस्था ऐन, कानूनबाट के समस्या भएको छ र कसरी व्यवस्थित गर्ने भनेर एउटा समिति बनाएका छौं। त्यसको प्रतिवेदन आइसकेको छैन् । समितिले देखाएको कुराहरुको सम्बोधन गरेर नेपाल दूर सञ्चारहरुलाई व्यवस्थित गर्ने काम यो वर्ष गर्छौ,’ उनले भने।
उनले नेपाल टेलिकमको इतिहास राम्रो नै भएपनि अहिले प्रतिस्पर्धाको समयमासंस्थाको प्रभाव घटेको पनि बताए।
‘संस्थाको जुन खालको गौरवशाली इतिहास छ र अहिले पनि राम्रो काम गरिरहेको छ । तर चुनौतीहरु धेरै बढिरहेका छन्। प्रतिस्पर्धा धेरै छ । त्यसकारण संस्थाको प्रभाव घटेको जस्तो देखिन्छ,’ उनले भने, ‘उचित व्यवस्थापन गर्न नसकेको हुनाले हो की, कर्मचारी व्यवस्थापन राम्रो तरिकाले गर्न नसकेर हो की अथवा ऐन, कानूनले रोकेर हो, के कारणले हो । त्यसमा समिक्षा गर्नुपर्ने अवस्था आएको छ अहिले नै यो बारेमा सही निर्णय गर्न सकेनौ भने पछि पछुताउनुपर्छ।