थाइलायन्डसँग नेपाल ५ रनले पराजित, लगातार चौथो हारसँगै उपाधि होडबाट बाहिरियो नेपाल
कीर्तिपुरपस्थित टियू मैदानमा भएको खेलमा नेपालको माथिल्लो क्रम चल्न नसक्दा थाइल्यान्डसँग ५ विकेटले पराजित भयो।
काठमाडाैं, माघ २२ : घरेलु मैदानमा जारी त्रिकोणात्मक महिला टि-२० सिरिजमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। कीर्तिपुरपस्थित टियू मैदानमा भएको खेलमा नेपालको माथिल्लो क्रम चल्न नसक्दा थाइल्यान्डसँग ५ विकेटले पराजित भयो।
पहिला ब्याटिङ गर्दै थाइल्यान्डले दिएको १०७ रनको मध्य लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो। नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाउँदा कविता जोशीले २४, रोमा थापाले १९ र पुजा महतोले १८ रन बनाइन्।
माथिल्लो क्रम नचल्दा नेपाल सुरुआतमै दबाबमा आएको थियो। नेपाल २.५ ओभरमा ८(४को दबाबपूर्ण अवस्थामा आएको थियो। त्यसपछि पुजा, रुविना, कविता र रोमाले नेपालको इनिङ उकासेका थिए। तर, टिमलाई जित भने दिलाउन सकेनन्।
थाइल्याण्डका लागि थिपाथ्चा पूथावोङले ४ ओभरमा १० रन दिएर ४ विकेट लिइन् । फनिता मायाले २ विकेट लिइन्।
त्यसअघि कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले नेपालको कसिलो बलिङ सामू २० ओभरमा ६ विकेटको क्षतिमा १०६ रन मात्र बनायो।
थाइल्याण्डका लागि चनिदा सुथिराङले सर्वाधिक २७ रन बनाउँदा थिपाथ्चा पूथावोङले २५ रन बनाइन्। दुवै नटआउट रहे। यस्तै, नानपत कोन्चारोन्काइले १९ रन बनाइन् ।
नेपालले बलिङ मार्फत उत्कृष्ट सुरुआत गरेको थियो। थाइल्यान्ड ५६(६ को दाबबपूर्ण अवस्थामा पुगेको थियो। तर त्यसपछि चनिदा र थिपाथ्चा अर्धशतकीय साझेदारी गर्दै थाल्यान्डको पारी उकासेका थिए।
बलिङमा नेपालका मनिषा उपाध्यायले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् भने पुजा महतो र रचना चौधरीले समान १ विकेट लिए।
यो हारसँगै नेपाल त्रिकोणात्मक सिरिजका उपाधि होडबाट बाहिरिएको छ। यो प्रतियोगितामा नेपालका लगातार चौथो हार हो। यसअघि नेपाल नेदरल्यान्ड्ससँग २ र थाइल्यान्डसँग १ खेलमा पराजित भएको थियो। अब नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग खेल्ने।
यता, थाइल्यान्डले भने लागतार ४ जित निकालेको छ। अब उपाधिका लागि थाइल्यान्ड र नेदरल्यान्ड्स भीड्ने छन्।