विश्वभर कोरोना संक्रमण र मृत्युदर घट्दै, पछिल्लो २४ घण्टामा ३७५१ ले ज्यान गुमाए
काठमाडौं, वैशाख १५ : विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण र मृत्युदर पछिल्लो समय घट्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ७३ हजार ८५९ न....

काठमाडौं, वैशाख १५ : विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण र मृत्युदर पछिल्लो समय घट्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ७३ हजार ८५९ नयाँ संक्रमित थपिएका छन् अहिल्लो दिनको तुलनामा १६ हजार ८७२ ले कमी हो । शनिबार विश्वभर ९० हजार ७३१ जना मानिस कोरोना संक्रमित भएका थिए ।
यसैगरी २४ घण्टामा कोरोनाको संक्रमण घटेसँगै मृत्युदर पनि घटेको छ । आइतबार ३ हजार ७५१ जना संक्रमितको ज्यान गएको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार ३३८ ले कमी हो । शनिबार विश्वभर ६ हजार ६९ संक्रमितको ज्यान गएको थियो ।
आइतबार कोरोनाको केन्द्रबिन्दू बनेको अमेरिकासहित यूरोपका अन्य देशहरुमा पनि कोरोना प्रभाव घटेको देखिएको छ । आइतबार अमेरिकामा १ हजार १५७, स्पेन २८८, इटली २६०, फ्रान्स २४२, यूके ४१३ र ब्राजिलमा २२६ संक्रमितको ज्यान गएको छ ।
कोरोनाबाट हालसम्म विश्वभर २ लाख ६ हजार ९८८ जनालृ ज्यान गुमाएका छन् भने २९ लाख ९४ हजार संक्रमित रहेका छन् ।












