Kathmandu Press

कोरोनाविरुद्धको लडाई जनताको नेतृत्वमा छ : भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली, वैशाख १४ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भइरहेको कोरोनाभाइरस विरुद्धको लडाई भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन्।<....

कोरोनाविरुद्धको लडाई जनताको नेतृत्वमा छ : भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली, वैशाख १४ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भइरहेको कोरोनाभाइरस विरुद्धको लडाई भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन्।

आइतबार प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको लडाईमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको बताएका हुन्।

Hardik ivf

आम नागरिकले चालकको काम गरिरहेका र प्रशासन र अन्य विभिन्न सहयोगी समूहहरुले चक्काको काम गरिरहेको उनको भनाई छ।

उनले भने,'हरेक नागरिक यस लडाईमा कोरोनाभाइरस विरुद्धको लडाकू हुनु भएको छ।'

उनले मासिक रुपमा सहभागिता जनाउने कार्यक्रम'मन की बात'मा बोल्दै विशाल भारतमा यस्तो लडाई धेरै कठिन भएको पनि उल्लेख गरे।

कोरोनाभाइरससँगै आफूहरु गरिबीका विरुद्धमा पनि लडेर देश विकास गर्नु पर्नेमा उनले जोड दिए।  

'कोरोनाभाइरस विरुद्धको जनताको लडाई सकिएपछि हामीले भारतलाई नयाँ अवस्थामा पुर्‍याउने छौँ,' उनले भने।

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, वैशाख १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्