Kathmandu Press

अखिल क्रान्तिकारीको मतपत्रमा पानी खन्याएपछि फेरी लफडा

अखिल क्रान्तिकारीको मतपत्रमा पानी खन्याएपछि फेरी लफडा

काठमाडौं, माघ १३ः नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीको निर्वाचनपछि मतगणना भइरहेका बेला मतपत्रमा पानी खन्याएपछि फेरी लफडा शुरु भएको छ।

अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि शनिबार ९ स्थानमा मतदान भएको थियो। मधेश प्रदेशको मतगणनाका क्रममा मतपत्रमा पानी खन्याइएको थियो। निर्वाचन समितिका एक सदस्यका अनुसार मधेश प्रदेशको १५४ मतगणना भइसकेको अवस्थामा चार मत कम भेटिएपछि एउटा पक्षले पानी खन्याएको हो।

Hardik ivf

अध्यक्ष पदका लागि विजय शर्मा सापकोटा र हेमन्त राईबीच तिव्र प्रतिष्पर्धा देखिएको छ। मतगणनामा पछि परेपछि सापकोटा पक्षधर विद्यार्थीहरूले मतपत्रमा पानी खन्याइदिएको जनाइएको छ।

मधेश प्रदेशमा १९५ मत खसेको थियो। पछिल्लो मतगणना अनुसार राईले सापकोटासँग २३ मतको अग्रता बनाएका छन्। राईले ४३० मत ल्याउँदा सापकोटाले कुल ४५३ मत पाएका छन्।

यससँगै उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणना पनि रोकिएको छ। बदर मत कस्तोलाई मान्ने नमान्ने विषयमा विवाद हुँदा गणना रोकिएको जनाइएको छ। विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ मत खसेको छ।

मतगणनाका क्रममा लुम्बिनी, गण्डकी र सुदूरपश्चिमको नतिजा आइसकेको छ। उपत्यका विशेष, विश्वविद्यालय विशेष र मधेश प्रदेशको मतगणना रोकिँदा अखिल क्रान्तिकारीको मतगणनामा अन्यौल सिर्जना भएको छ।

प्रकाशित मिति: १४:२२ बजे, आइतबार, माघ १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्