Kathmandu Press

विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख नजिक, २ लाख ३ हजार वढीको मृत्यु 

काठमाडौँ, वैशाख १४ : विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट २ लाख ३ हजार २६९ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्ट....

 विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख नजिक, २ लाख ३ हजार वढीको मृत्यु 

काठमाडौँ, वैशाख १४ : विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट २ लाख ३ हजार २६९ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६९ जना संक्रमितले च्यान गुमाएका छन् । यस्तै आइतबार बिहानसम्म २९ लाख २० हजार ९०५ जना मानिस कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ९० हजार ७३१ नयाँ संक्रमित थपिएका छन् ।

Hardik ivf

कोरोना भाइरसको मारमा सबैभन्दा वढी अमेरिका परेको छ । अमेरिकामा ५४ हजार २५६ जनाको ज्यान गईसकेको छ भने ९ लाख ६० हजार ६५१ संक्रमित छन् । इटालीमा २६ हजार ३८४ जनाको ज्यान जादा संक्रमितको संख्या १ लाख ९५ हजार ३५१ रहेको छ ।

यसैगरी स्पेनमा २२ हजार ९०२ जनाको मृत्यु हुँदा त्यहाँ संक्रमितको संख्या २ लाख २३ हजार ७५९ छन् । फ्रान्समा २२ हजार ६१४ जनाले ज्यान गुमाउँदा १ लाख ६१ हजार ४ सय ८८ जनामा यस भाइरसको संक्रमण देखिएको छ ।

यसैगरी बेलायतमा हालसम्म २० हजार ३१९ जनाले ज्यान गुमाउँदा झण्डै डेढ लाख संक्रमित फेला परेका छन् । 

प्रकाशित मिति: ०७:०३ बजे, आइतबार, वैशाख १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्