‘सुरेन्द्रबहादुर बस्नेत सम्मान’ वरिष्ठ अधिवक्ता कार्कीलाई
सर्वोच्च अदालत बार एशोसिएसनको ५० औं बार्षिक साधारण सभामा शनिबार प्रधानन्यायाधीश प्रकासमानसिंह राउतले कार्कीलाई उक्त पुरस्कार सम्मान प्रदान गरे।
काठमाडौं, पुस २७ : यसवर्षको स्वर्गीय सुरेन्द्रबहादुर बस्नेत सम्मान पुरस्कार वरिष्ठ अधिवक्ता एवम् पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीलाई दिइएको छ। पुरस्कारको राशी तीन लाख रुपैयाँ रहेको छ।
सर्वोच्च अदालत बार एशोसिएसनको ५० औं बार्षिक साधारण सभामा शनिबार प्रधानन्यायाधीश प्रकासमानसिंह राउतले कार्कीलाई उक्त पुरस्कार सम्मान प्रदान गरे। कानुन तथा न्यायको क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई स्व.सुरेन्द्रबहादुर बस्नेत सम्मान पुरस्कार प्रदान गरिँदै आएको छ ।
पुरस्कारका लागि बुद्ध एयरले २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । यसबाट प्राप्त हुने ब्याज रकमबाट हरेक दुई वर्षमा एकजना व्यक्तिलाई सम्मान गरिँदै आएको छ।
सर्वोच्च बारका अध्यक्ष हरिशंकर निरौला, निवर्तमान अध्यक्ष पूर्णमान शाक्य र बुद्ध एअरका प्रतिनिधिका रुपमा अधिवक्ता संतोषकुमार महतो संलग्न सिफारिस समितिले वरिष्ठ अधिवक्ता कार्कीलाई पुरस्कार सम्मानका लागि सिफारिस गर्ने निर्णय लिएको थियो । आफुले वरिष्ठ अधिवक्ता कार्कीले पाएको तीन लाख रुपैयाँ पुरस्कारमा आफुले तीन लाख रुपैयाँ थप गरी सर्वोच्च अदालत बारएशोसिएसनको नवनिर्मित भवन निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका छन्।
अक्षय कोषको सम्झौतामा बद्ध एयर प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसन, नेपालका प्रतिनिधिले २०८० साल फागुन २९ गते हस्ताक्षर गरेका थिए। बुद्ध एयरले पहिलो वर्षका लागि थप पाँच लाख रुपैयाँ रकम पनि प्रदान गरेको जनाइएको छ।
सर्वोच्च अदालत बार एसोसिएसनले ‘क’ वर्गका बैङ्कहरुमध्ये बढीभन्दा बढी ब्याजदर प्रदान गर्ने बैंकको मुद्दती खातामा रकम जम्मा गर्ने र यसबाट प्राप्त हुने ब्याज रकममध्ये तीन लाख पुरस्कार राशिमा तथा अन्य रकम साधारण सभाको दिनमा खर्च गरिने बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
स्वर्गीय सुरेन्द्रबहादुर बस्नेत बुध्द एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा बार एसोसिएसनका संस्थापक सदस्य पनि रहेका थिए। यस्तै उनी निर्वाचन आयोगको प्रथम आयुक्त, नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष, विभिन्न समयमा नेपाल सरकारको मन्त्री तथा आयोगका अध्यक्ष भएर पनि सेवा पुर्याएको विज्ञप्तिमा जनाइएको छ।
फौजदारी कानुनका विज्ञ अग्रज कानुनव्यव्सायी कार्की तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको तीन वर्षे कार्यकाल २०५५ देखि २०५८ सम्म महान्यायाधिवक्ता थिए।










![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)
