Kathmandu Press

मकवानपुर सडक दुर्घटना : कार चालकको श्रेष्ठकाे मृत्यु, १३ जना घाइते [अपडेट]

दुर्घटनामा कार चालक हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले बताए। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो। 
मकवानपुर सडक दुर्घटना : कार चालकको श्रेष्ठकाे मृत्यु, १३ जना घाइते [अपडेट]

मनहरी, पुस २७ : मकवानपुरको मनहरीमा शनिबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो १ बजे वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६ च ८३२४ नम्बरको कार आपसमा ठोक्किएका थिए।

Hardik ivf

दुर्घटनामा कार चालक हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले बताए। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा कारमा सवार तीन र स्कार्पियोमा सवार १० जना गम्भीर गरी १३ जना घाइते भएको उनले बताए। प्रवत्ता अर्यालका अनुसार घाइतेको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको र उनीहरू सबैको अवस्था गम्भीर रहेको छ। 

घाइते सबैको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ। 

स्कार्पियो चालकको पहिचान खुल्न नसकेकाले अनुसन्धान भइरहेको उनले बताए। 

प्रकाशित मिति: १८:४५ बजे, शनिबार, पुस २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्