आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक
‘शासकीय सुधारसँग सम्बन्धित कानुनहरु, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र शुसासनलाई प्रत्याभुत गर्ने कानुनहरु छन्,’ उलने भने, ‘थप पनि उद्योगहरुको वातावरण निर्माणका लागि सरकारले हमेसा नीजि क्षेत्रसँग मिलेर काम गर्न तयार छ।’
काठमाडौं, पुस २७ : गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोसन गरेको बताएका छन्।
शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औं वार्षिक साधारण सभालाई सम्बाधन गर्दै गृहमन्त्री लेखकले सरकारले बढी मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।
‘हिजो रात्री अबेरसम्म बसेर सरकारले महत्वपूर्ण निर्णयहरु गरेको छ। समृद्धि र आर्थिक विकासका लागि केही महत्वपूर्ण कानुनहरुलाई संशोधन गरेका छौं,’ उनले भने।
चाँडोभन्दा चाँडो कानुन संशोधनका लागि अध्यादेशमार्फत शंसोधन गर्ने सरकारले निर्णय लिएको उनको भनाइ थियो।
‘शासकीय सुधारसँग सम्बन्धित कानुनहरु, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र शुसासनलाई प्रत्याभुत गर्ने कानुनहरु छन्,’ उलने भने, ‘थप पनि उद्योगहरुको वातावरण निर्माणका लागि सरकारले हमेसा नीजि क्षेत्रसँग मिलेर काम गर्न तयार छ।’
गृहमन्त्री लेखकले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासिय नेपालीका निमित्त महत्वपूर्ण निर्णय गरेको समेत बताए।
‘आइटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौं। विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरि कानुन निर्माणमा सरकार लागेको छ,’ उनले भने।
कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेततापूर्वक निर्णय गरेको बताए। उनले सरकारले आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानुन निमार्ण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताए।










-1764753058.png)
-1764751301.jpg)
