Kathmandu Press

सन् २०२५ सँगै क्लासिक टेकको १२ मा १२ बोनस   

साथै राउटर र सेटटप टप बक्स समेत निःशुल्क पाउने कम्पनीले बताएको छ।
सन् २०२५ सँगै क्लासिक टेकको १२ मा १२ बोनस   

काठमाडौं, पुस २६ :  इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ।

क्लासिक टेकका ग्राहकहरूले  अब  ७५ एमबिपिएस  इन्टरनेट ट‍िभी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट ट‍िभी चलाउन सकिने गरी कम्पनीले उक्त अफर सार्वजानिक गरेको हो। 

कम्पनीका अनुसार इन्टरनेट टि. भी जडानमा ग्राहकहरुको तीब्र मागलाई मध्यनजर गर्दै १२ मा १२ बोनस अर्थात् २४ महिने अफर ७५ एमबिपिएसमा इन्टरनेटसँगै आइपी टीभी प्रति महिना  ४३५ रूपैयाँमा र प्रतिमहिना मात्र  २५० रूपैयाँमा टिभी च्यानलको पर्न आउने छ।

साथै राउटर र सेटटप टप बक्स समेत निःशुल्क पाउने कम्पनीले बताएको छ।

उक्त अफर सिमित अवधिको लागि मात्र रहेको कम्पनी कम्पनिको भनाइ छ।

कम्पनीले थप जानकारीको  ९८०१००६६३३ मा सम्पर्क गर्न अथवा कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरी जानकारी प्राप्त गर्न सकिने जानकारी दिएको छ। 

प्रकाशित मिति: १८:२८ बजे, शुक्रबार, पुस २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्