Kathmandu Press

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

अदालतले उनीसँग ६५ लाख धरौटी माग गरेको छ। 
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं, पुस २५ : पोखराको सूर्यदर्शन सहकारीको  बचत अपचलन मुद्दामा कास्की अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। 

बिहीबार जिल्ला अदालतका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछानेलाई मुद्दाको पुर्पक्ष नहुँदासम्म धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतले उनीसँग ६५ लाख धरौटी माग गरेको छ। 

Hardik ivf

बिहीबार दिउँसै सरकारी वकिलको जबाफी बहस सकिएपनि केही ढिलागरी आदेश आएको हो।

सूर्यदर्शन सहकारीको बचत अपचलनमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीले पुस १ सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

प्रहरीको रायअनुसार सरकारी वकिल कार्यालयले लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।

लामिछानेसहित ७ जनाविरूद्ध भने सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलाइएको थियो।

लामिछानेविरूद्ध सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणमा रवि लामिछानेविरूद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ बिगो दाबी गरिएको थियो।

लामिछानेविरूद्ध काठमाडौको स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिसकेको छ।

प्रकाशित मिति: १८:०० बजे, बिहीबार, पुस २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्