Kathmandu Press

सिद्धबाबा सुरुङमार्ग छिचोलिन अब ७.८ मिटर मात्र बाँकी 

पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको थियो। 
सिद्धबाबा सुरुङमार्ग छिचोलिन अब ७.८ मिटर मात्र बाँकी 

रूपन्देही, पुस २४ : सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्ग छिचोलिन अब ७.८ मिटर मात्र बाँकी रहेको छ। 

सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालयका अनुसार ‘ब्रेक थ्रु’ का लागि डेढ मिटर खन्न बाँकी राखिने छ। पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको थियो। 

Hardik ivf

हालसम्म समग्र आयोजनाको प्रगति ३८.८५ प्रतिशत रहेको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आगामी माघ ८ गते ‘ब्रेक थ्रु’ गरिने भएको छ। 

सुरुङमार्गमा आपत्कालीन द्वारका रूपमा खोलिएका तीनवटा क्रस प्यासेजको ‘ब्रेक थ्रु’ भइसकेको छ। 

सुरुङमार्ग छिचोलिएपछि सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन सकिने छ

सिद्धार्थराजमार्ग अन्तर्गतको पाल्पा–बुटबल खण्डमा बारम्बार पहिरो खसेर दुर्घट्ना बढेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । 

प्रकाशित मिति: १६:१९ बजे, बुधबार, पुस २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्