Kathmandu Press

नेप्से ६ अंकले बढ्यो, ६ अर्ब ४० करोडको कारोबार

नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३ बिन्दुमा कायम भइ कुल ६ अर्ब ४० करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेप्से ६ अंकले बढ्यो, ६ अर्ब ४० करोडको कारोबार

काठमाडौं, पुस २४ : नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३ बिन्दुमा कायम भएको छ। 

बुधबार कुल ६ अर्ब ४० करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै २२ अर्ब ५३ करोड रुपैयाँको कारोबार गरी न्यादी जलविद्युत कम्पनीको शिर्ष स्थानमा छ।

बुधबार १३९ कम्पनीको मूल्य बढेको छ, यसमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

चिरख्वा हाइड्रो, सप्तकोशी विकास बैंक र न्यादी हाइड्रोको सेयर मूल्य ९ प्रतिशतले बढेको छ भने ९३ कम्पनीको मूल्य घटेको छ। 

फाइनान्स समूह ४.७७ प्रतिशतले वृद्धि भई उच्च स्थान कायम गर्न सफल भएको छ।

प्रकाशित मिति: १५:५४ बजे, बुधबार, पुस २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्