संखुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
उनका अनुसार गुफापोखरी, मंगलबारे, किमाथांका र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो।
संखुवासभा, पुस २४ : जिल्लाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ।
चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताएका छन्।
उनका अनुसार गुफापोखरी, मंगलबारे, किमाथांका र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो।
अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ। चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ।
प्रकाशित मिति: १२:१५ बजे, बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार