Kathmandu Press

‘देश र जनतालाई केन्द्रमा राखेर सञ्चारकर्मीले काम गर्नुपर्छ’

तथ्यहीन समाचारले आमनागरिकमा निराशा पैदा गरेकाले त्यसलाई चिर्नु सञ्चारकर्मीहरुको दायित्व हो भन्दै मन्त्री भण्डारीले देश र जनताका पक्षमा पत्रकारले सशक्त ढङ्गले कलम चलाउनुपर्ने बताए। 
‘देश र जनतालाई केन्द्रमा राखेर सञ्चारकर्मीले काम गर्नुपर्छ’

मोरङ, पुस ४ : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले देश र जनतालाई केन्द्रमा राखेर सञ्चारकर्मीले काम गर्नुपर्नेमा जोड दिएका छन्। 

स्थानीय समाचारदाताको क्षमता अभिवृद्धि गर्न विराटनगरमा आयोजित तालिमको समापनमा उनले राज्यबाट भएका विकास–निर्माणका गतिविधिका साथै सेवा प्रवाहका बारेमा सकारात्मक सूचनालाई पहिलो प्राथमिकतामा राखेर सञ्चारकर्मीले काम गर्नुपर्नेमा जोड र्दिए।

Hardik ivf

तथ्यहीन समाचारले आमनागरिकमा निराशा पैदा गरेकाले त्यसलाई चिर्नु सञ्चारकर्मीहरुको दायित्व हो भन्दै मन्त्री भण्डारीले देश र जनताका पक्षमा पत्रकारले सशक्त ढङ्गले कलम चलाउनुपर्ने बताए। 

‘संघीयता कार्यान्वयनमा आएपछि भएका विकास र परिवर्तनका विषयलाई सही ढङ्गले जनसमक्ष प्रस्तुत नहुँदा नागरिक निराश हुँदै गएका छन्,’ ृउनले भने, ‘यहाँ आशावादी कुराभन्दा निराशावादी कुरा गर्दै हिँड्नेहरु धेरै छन् जसले गर्दा समाजमा भ्रम फैलिएको छ, यसलाई चिर्नु पत्रकारको दायित्व हो।’
 

प्रकाशित मिति: १५:५५ बजे, बिहीबार, पुस ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्