Kathmandu Press

विद्युत सर्टले विभिन्न ठाउँमा आगलागी, २६ लाखभन्दा बढी धनमाल नष्ट

सिराहा, खोटाङ, झापा, र सर्लाहीमा भएका घटनामा करिब २६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले बताएको छ। 
विद्युत सर्टले विभिन्न ठाउँमा आगलागी, २६ लाखभन्दा बढी धनमाल नष्ट

काठमाडौं, मंसिर १४ : देशका विभिन्न स्थानमा विद्युत सर्टका कारण भएको आगलागीबाट ठूलो धनमालको क्षति भएको छ।

सिराहा, खोटाङ, झापा, र सर्लाहीमा भएका घटनामा करिब २६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले बताएको छ। 

Hardik ivf

सिराहाको लहान नगरपालिका–८ स्थित मृग्रेन्द्र साहको कम्प्युटर सप्लायर्समा विद्युत सर्टका कारण बिहीबार साँझ आगलागी भएको छ । क्षतिको विवरण हालसम्म खुल्न सकेको छैन।

खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका २६ वर्षीय भूमिराज राईको घरमा दिउँसो लागेको आगोले घर पूर्ण रूपमा जलेर करिब चारलाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

झापाको गौरीगञ्ज गाउँपालिका–१ भन्सार चोकमा ६५ वर्षीय नौलसिंह थापाको गोठमा साँझ भएको आगलागीबाट गोठभित्र रहेका चौपाया, अन्नपात, भाँडावर्तन, र फर्निचर लगायतका सामग्री जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका राजकिशोर रायको घरमा राति आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, मंसिर १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्