Kathmandu Press

परराष्ट्रमन्त्री राणा चीनको छेङ्दुमा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीनको छन्दु पुगेकी छन्।
परराष्ट्रमन्त्री राणा चीनको छेङ्दुमा

काठमाडौं, मंसिर १३ ।  परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीनको छेङ्दु पुगेकी छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि बिहीबार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी थिइन्।  

मन्त्री राणालाईछेङ्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल ली हुछियाङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले स्वागत गरेको उनको सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री राणाले चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। सो भेटवार्ता शुक्रबार चीनकोछेङ्दु सहरमा नै हुनेछ।

चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरुप उनी चीन गएकी हुन्।

प्रकाशित मिति: २०:०४ बजे, बिहीबार, मंसिर १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्