Kathmandu Press

सेतीमै सुस्ताए रविन्द्र .....

आजको आकाश र हिमालले भन्छ,  
जसरी तिमीले मलाई हेथ्र्यौ ।
आज म तिमीलाई तेसरी नै हेरिरहेको छु ।
रविन्द्र,
मलाई थाहा थिएन,
....

सेतीमै सुस्ताए रविन्द्र .....
रासस

आजको आकाश र हिमालले भन्छ,  
जसरी तिमीले मलाई हेथ्र्यौ ।
आज म तिमीलाई तेसरी नै हेरिरहेको छु ।
रविन्द्र,
मलाई थाहा थिएन,
तिमी पनि म जस्तै हिमाल रहेछौ ।
जसरी आफै पग्लिएर नदी हुँदै,
माटोलाई शश्य श्यामला वनाउँदो रहेछौ ।
आज म तिमीलाई स्वागत गर्न वसेको छु ।
धुँवा भएर आउ ।
म तिमीलाई अंगालोमा वाँध्न आतुर भएर वसेको छु ।
मेरो प्रिय रविन्द्र ! मेरो प्रिय हिमाल !


विम्व कवि तथा प्राज्ञ रमेश श्रेष्ठ आफ्ना युवा नेता रविन्द्र अधिकारीको पार्थिव शरिर जव पोखरा नयाँवजार प्रर्दशनी केन्द्र आईपुग्यो अनि यही कविताको शव्द गुच्छाले उनलाई अन्तिम श्रद्धासुमन गरे । हुन पनि संयोग नै हो । १५ गते अँध्यारो वनेको पोखरा आज भने विहानैदेखि छ्वाङ्गै खुलेको थियो । सायदै पोखरेलीका प्यारा नेता पर्यटनमन्त्री रविन्द्रको अन्तिम विदाईको लागि मौसमले घुम्टो खोलेको थियो । जस्तो सधै रविन्द्रको मुस्कान खुल्थ्यो । 

विहानैदेखि पोखरा शोक धुनले स्तव्ध थियो । पहिले विहानै ८ वजे रविन्द्रको पार्थिव शरिर पोखरा ल्याउने चर्चा थियो । मध्यान्न साढे १२ वजे मात्रै रविन्द्रलाई बोकेको नेपाली सेनाको हेलिकप्टर पोखरा विमानस्थल ओर्लियो । 

Hardik ivf

अर्धमुर्छित अवस्थामै रहेकी रविन्द्र अर्धाङ्गगिनी बिद्या आफ्ना पतिको शव सहित जब हेलिकप्टरवाट झरिन । त्यसपछि, विमानस्थल मै लिन गएका आफन्तहरुको रुवावासी नै चल्यो । 

सर्वसाधरणको लागि पोखराको नयाँवजार प्रर्दशनी केन्द्रमा मन्त्री अधिकारीको विदाईको लागि विषेश व्यवस्था गरिएको थियो । एक तरहले वजेको शोक धुनले सवैलाई पहिल्यै रुवाएको थियो । रविन्द्रका अर्का हितैषि युमा श्रेष्ठले भने, “एक जना आत्मीय साथीको दुःखद अवसान । अव स्मृतिको क्यानभासहरुमा त्यतै कतै रहिरहनेछ । सम्झनाका गाढा रङ्गहरु, भावपूर्ण श्रद्धासुमन । अलविदा रविन्द्र” । 
लोकदोहरी गायक प्रजापती पराजुली निकै भावुक अवस्थामा भने, “सतिले सरापेको देश भनेको होरैछ । अहिले देशलाई यतै राम्रा मान्छे चाहिएको छ । त्यो पापी काललाई पनि उनै रविन्द्र चाहिने”  पराजुलीले आक्रोसित मुद्रामा भने । उनले थपे, यति खुलेको पोखराको मौसममा यसअघि कुनैपनि पोखरेली कहिल्यै रोएनन्  । 

दिउँसो सवा १ वजेवाट नयाँवजार प्रर्दशनी केन्द्रमा स्वर्गवास भएका नेता रविन्द्रको पार्थिव शरिरमा अन्तिम श्रद्धासुमन सुरु भयो । मन्त्री अधिकारीको पार्थिव शरिरमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओडाए भने नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झन्डाले सम्मान गरे । 

संघिय मन्त्रीहरु पद्मा अर्याल, गोकर्ण विष्ट, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ्ग र ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, युवा नेताहरु योगेश भट्टराई, घनश्याम भुसाल, रामकुमारी झाँक्री तथा प्रतिपक्ष कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, यज्ञवहादुर थापा, शुक्रराज शर्मा लगायतले रविन्द्रलाई अन्तिम विदाई गरे । 

कास्कीको भरतपोखरी जामुनावोटमा पिता ईन्द्रप्रसाद अधिकारी र माता लक्ष्मीदेवि अधिकारीको कोखवाट २०२६ साल वैशाख २२ गते जेष्ठ सुपुत्रका रुपमा रवीन्द्र अधिकारीको जन्म भएको थियो । 
२०३७ सालमा ११ वर्षको वाल्यकालदेखि राजनीतिमा होमिएका रविन्द्रले राजनीतिमा कहिल्यै फर्केर हेर्नुपरेन । तर २०७५ साल फागुन १५ गते ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा परि आफै जीवनसंग फेरि कहिल्यै नजित्ने गरि हारे । 

पञ्चायतमा ६ महिना र २०६२ सालको आन्दोलनमा पटक पटक रविन्द्रले समर्थकको मात्रै होईन विरोधीको मन पनि उत्तिकै जितेका थिए । रविन्द्रको अन्तिम विदाईका लागि त्यही पुगेका २०७४ सालको चुनावी प्रतिपर्धी कांग्रेस उम्मेद्वार देवराज चालिसेले आफुले एउटा असल राजनीतिक साथी गुमाएको गुनासो पोखे । उनले थपे, “थोरै मात्रै नेतामा हुने त्यस खालको अभूतपूर्व राजनीतिक संस्कार रविन्द्रसंग थियो, अत्यन्तै मृदुभाषी, सरल र क्षमतावान व्यक्तित्व पोखराले गुमाएको छ” । रविन्द्रसंग विद्यार्थी कालदेखि नै नजिक रहेका चालिसेले भने, फरक पार्टीका नेताहरुवीचको द्धन्द्ध कम गर्न सक्ने र अर्काको पनि अस्तित्व सहज स्वीकार गर्न सक्ने क्षमता र महानता नेता रविन्द्र अधिकारी थियो । 

लोकगायक प्रविण गुरुङ्गको हत्यामा तत्कालिन शाहाज्यादा पारश शाहले गरेको हत्याका विरुद्ध करिव ५ लाख भन्दा वढिको हस्ताक्षर संकलन गरि दरवार वुझाउने एउटा आँटिलो युवाका रुपमा रविन्द्रलाई धेरैले चिने,  अहिले विद्यार्थीले पाईरहेको ३३ प्रतिशतको सहुलियत पनि उनै रविन्द्रको पहलमा भएको आन्दोलनले स्थापित गरेको थियो । रविन्द्रको आफ्नै गाँउवाट विद्यार्थी राजनीतिमा आएका अखिलका वर्तमान उपाध्यक्ष रश्मी आचार्यले भनिन्, “हामीले एउटा असल अभिभावक मात्रै गुमाएका छैनौ, देशले भरोसा गरेको एउटा योग्य नेता पनि गुमाएका छौ ।

नेकपा नेता खगराज अधिकारीले औसत भन्दा धेरै माथिको व्यक्तित्व भएको नेता पार्टीले गुमाउँदा आफु र पार्टी अत्यन्तै दुखि वनेको वताए । उनले थपे, “सबल संगठक, स्पष्ट वैचारिक व्यक्तित्व र एक कुशल योद्धा” नेपाली राजनीतिवाट अस्ताएको छ । यो पुस्ताका लागि नै ठूलो क्षति हो पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले वताए ।

कास्कीको नेकपाको राजनीतिमा समेत खगराज अधिकारी र रविन्द्रको टकराव आउने गरेको चर्चा हुन्थ्यो, भन्ने प्रसङ्गमा नेता अधिकारीले भने रविन्द्र र मेरो सदैव नङ्ग र मासुको जस्तै सम्वन्ध वन्यो, अव त्यसैको अभाव मेरो लागि जिन्दगी भरि नै रह्यो” । युवा तहको एउटा प्रतिभाशाली नक्षेत्र कास्की मात्रै होईन देशैले पनि गुमाएको छ । यो दुःखद क्षण अति नै तितो वनेको वरिष्ठ चिकित्सक वुद्धिवहादुर थापाले पार्थिक शरिरमा पुष्पगुच्छा अर्पणपछि भने । ४ वजे नयाँवजार प्रर्दशनी केन्द्रवाट निस्किएको शवयात्रा महेन्द्रपुल, रानीपौवा, रामघाट हुँदै सेती नदी किनारमा साढे ५ वजे स्वर्गिय अधिकारीको पार्थिक शरिर पुगेको थियो ।

नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिएपछि, श्रीमति विद्या तथा छोराहरु विराज र स्वराजले स्वर्गिय नेता रविन्द्रलाई दागवत्ती दिए र अन्तिम विदाई गरे । अनि सवै पोखरेलीले भने प्रिय रविन्द्र तिम्रो वैकुन्ठमा अहिले जस्तै हाँसी हाँसी नै वास होस् ।

अल विदा रविन्द्र ! 

प्रकाशित मिति: २२:२२ बजे, शुक्रबार, फागुन १७, २०७५
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्