Kathmandu Press

रवि लामिछानेलाई ल्याइयो काठमाडौं

 सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ।
रवि लामिछानेलाई ल्याइयो काठमाडौं

काठमाडौं, मंसिर १३ । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ।

बिहीबार साँझ उनलाई पोखराबाट फ्लाइटमा काठमाडौं ल्याइएको हो।

करिब साढे ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका लामिछानेलाई काठमाडौं प्रहरी परिसरको टोलीले प्रहरी कार्यालय पुर्‍याएको हो।

Hardik ivf

रविलाई बिहीबार काठमाडौं ल्याउने सूचना पाएका रास्वपाका कार्यकर्ताहरू विमानस्थल पुगेका थिए। विमानस्थल परिसरमा उनीहरूले नाराबाजी समेत गरेका थिए।

लामिछाने आज काठमाडौं प्रहरी परिसरको हिरासतमा रहनेछन्।

उनलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि ल्याइएको हो।

सोही प्रकरणमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग बयान लिएर कास्की फिर्ता गरिसकिएको छ।

काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई चितवन लैजाने तयारी छ। चितवनमा सहारा चितवन सहकारीका पीडितहरूले लामिछानेसहित १० जनाविरूद्ध पूरक जाहेरी दिएका थिए। त्यस आधारमा जिल्ला अदालत चितवनले  लामिछानेसहित १० जनाविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरेको हो।

लामिछानेमाथि थप अनुसन्धान गर्न मंसिर ९ गते जिल्ला अदालत कास्कीले १५ दिनको म्याद थप गरेको थियो।

प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, मंसिर १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्