Kathmandu Press

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद फैसला

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पौडेललाई ८ वर्ष कैद सजाय तोकिएको छ। 
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद फैसला

काठमाडौं, मंसिर १३ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पौडेललाई ८ वर्ष कैद सजाय तोकिएको छ। 

बिहीबार विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय तोकेको हो। 

पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई ८ वर्ष कैद र तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही रकम बराबरको विगो रकम भराउन बिहीबार फैसला भएको हो।

उनीहरू दुवैलाई कात्तिक १४ गते दोषी ठहर गरेको थियो। बिहीबार सजाय निर्धारणका लागि पेसी तोकिएको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू खुसीप्रसाद थारू चौधरी तथा रितेन्द्र थापाले उक्त सजाय निर्धारण गरेका हुन्।

उनीहरूमाथि अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको अभियोग थियो।

प्रकाशित मिति: १७:४७ बजे, बिहीबार, मंसिर १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्