Kathmandu Press

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान 

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी बिहिबार चिन प्रस्थान गरेकी हुन।
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान 

काठमाडौं, मंसिर १३ : परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्। 

प्रधानमन्त्री केपी ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी बिहिबार चीन प्रस्थान गरेकी हुन्।

राणा सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ जाने छिन्। उनको बिदाईका लागि परराष्ट्र मन्त्रालयका अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए।

परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यी सँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

बीआरआईबारे कांग्रेस-एमालेबीच मतभिन्नता छ भन्ने मिडियाले सिर्जना गरेको भ्रम भएकाे उनले टिप्पणी गरिन्। 

बीआरआई एकरुपताको साथ अघि बढाउन दुई दलीय टीमले काम गरिरहेको र परराष्ट्र नीतिमा दुई देशीय सम्झौता नेगोसियसनमा हुने बताउदैं राणाले बीआरआई सम्बन्धी अनुदान सम्झौता हुने बताइन्।

प्रकाशित मिति: १२:२६ बजे, बिहीबार, मंसिर १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्