Kathmandu Press

कलैयाका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउ

गत जेष्ठ ३२ गते बाराकाे कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँमा गोली हानी हत्या गरिएको हो। 
कलैयाका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउ

बारा, मंसिर १३ : बाराको कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन्।

गत जेष्ठ ३२ गते बाराकै आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँमा क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको हो। 

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त आदर्शकोतवाल गाउँपालिका २ घर भएका ४१ वर्षीय सुरेन्द्र कुशवाहालाई प्रहरीले ६ महिनापछि पक्राउ गरेको हो।

हत्या घटनापछि भागेर भारतमा लुकिछिपी बसेका कुशवाहालाई प्रहरीले मोरङ जिल्लाबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। पक्राउ परेका कुशवाहा नेपाली सेनाका भगौडा पनि रहेको प्रहरीले जनाएको छ। 

यसअघि क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो। 

ती मध्ये दुईजना धरौटीमा छुटिसकेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका थिए। 
 

प्रकाशित मिति: ११:५० बजे, बिहीबार, मंसिर १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्