रियल लिभरपुलसँग पराजित, लिभपुरल शीर्ष स्थानमा
पहिलो रोजाईका आधाभन्दा बढी खेलाडी घाइते भएपछि दबाबमा रहेको रियल १५ वर्षपछि लिभरपुलसँग पराजित भएको थियो।काठमाडाैं, मंसिर १३ : स्पेनिस जायन्ट रियल मड्रिडले च्याम्पियन्स लिगमा तेस्रो हार व्यहोरोको छ। बुधबार राति भएको खेलमा रियल इंग्लिस क्लब लिभरपुलसँग २–०ले पराजित भयो।
पहिलो रोजाईका आधाभन्दा बढी खेलाडी घाइते भएपछि दबाबमा रहेको रियल १५ वर्षपछि लिभरपुलसँग पराजित भएको थियो। योबीचमा रियलले २ पटक लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा हराएको थियो।
स्टार स्ट्राइकर किलियन एम्बाप्पे फिका देखिएको खेलमा लिभरपुललाई जित दिलाउन म्याक एलिस्टर र कोडी ग्याक्पोले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
एन्डफिल्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफका सुरुआतमै लिभरपुलले अग्रता लियो। उसका म्याक एलिस्टरले ५२औं मिनेटमा गोल गरेका थिए।
त्यसको केही समय पछि नै रियलले गोलको राम्रो अवसर पायो। तर, त्यसलाई एम्बाप्पेले सदुपयोग गर्न सकेनन्। ६१औं मिनेटमा प्राप्त पेनाल्टीमा एम्बाप्पेको प्रहार लिभरपुलका गोलकिपर कुइभेन केलेहरले रोकेका थिए।
७०औं मिनोटमा लिभरपुलले पनि पेनाल्टी पायो। तर, मोहम्मद सालाह गोल गर्न चुके । उनको प्रहार पोस्टबाट बाहिरिएको थियो। ७६औं मिनेटमा ग्याक्पोले हेडिङमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए। त्यसपछि खेलमा गोल नहुँदा लिभरपुल विजयी भयो।
यो जितसँगै लिभरपुल शतप्रतिशत नतिजा निकाल्दै १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। रियल भने ५ खेलमा २ जितर ३ हारसहित ६ अंक जोड्दै २४औं स्थानमा छ।
यस्तै, अर्को खेलमा एस्टन भिल्ला र युभेन्ट्सले गोलरहितन बराबरी खेल्दै अंक बाँडेका छन्। भिल्ला १० अंकसहित नवौं र युभेन्ट्समा ८ अंकसहित १९औं स्थानमा छ।