Kathmandu Press

गठ्ठाघरमा ट्रकले ठक्करबाट एक जनाको मृत्यु

भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको हो।
गठ्ठाघरमा ट्रकले ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं, मंसिर १३ : भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो।

ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्ध बहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा नवीनाका श्रीमान् जिते देउला घाइते भएका छन्। उनको उपचार नागरिक अस्पतालमा भइरहेको छ। 

प्रकाशित मिति: १०:५४ बजे, बिहीबार, मंसिर १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्