प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
काठमाडौं, मंसिर १३ : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका प्रतिनिधिमण्डल तथा एजेन्डाबारे निर्णय गर्ने सम्भावना छ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्ने तयारी छ। तर, त्यसको औपचारिक निर्णय भने भइसकेको छैन।
प्रकाशित मिति: १०:४७ बजे, बिहीबार, मंसिर १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार