परराष्ट्रमन्त्री डा. राणा आज चीन जाँदै
प्रधानमन्त्री केपी ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमणको तयारीका लागि उनी आज चीन जान लागेकी हुन्।काठमाडौं, मंसिर १३ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन जाँदैछिन्।
प्रधानमन्त्री केपी ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमणको तयारीका लागि उनी आज चीन जान लागेकी हुन्।
परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यी सँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। भेटमा प्रधानमन्त्रीको भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुनेछ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरिसकेको छ।
मुख्यतः चीनको ठूलो परियोजना बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबीच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभूमी तयारीका लागि परराष्ट्रमन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन्।
प्रकाशित मिति: १०:३८ बजे, बिहीबार, मंसिर १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेलबिहीबार, मंसिर १३, २०८१
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान बिहीबार, मंसिर १३, २०८१
कन्टेनर पल्टिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्धबिहीबार, मंसिर १३, २०८१
कलैयाका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउबिहीबार, मंसिर १३, २०८१