Kathmandu Press

दुर्गा प्रसाईं हिरासतमै रहने, सर्वोच्चले खारेज गरिदियो बन्दी प्रत्यक्षीकरणको रिट

मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीको हिरासतमै रहने भएका छन्।
दुर्गा प्रसाईं हिरासतमै रहने, सर्वोच्चले खारेज गरिदियो बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौं, मंसिर १२ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीको हिरासतमै रहने भएका छन्।

सर्वोच्च अदालतले बुधबार प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएपछि उनी प्रहरी हिरासतमै रहने भएका हुन्।

Hardik ivf

 प्रहरीले  आफूलाई गैरकानुनी रूपमा हिरासतमा लिएको भन्दै सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबार अदालतले खारेज गरिदिएको छ।

प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको रिट  न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि साइबर अपराधमा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंसिर ४ गते पक्राउ गरेको थियो।

आइतबार मंसिर ९ गते सर्वोच्च अदालतले विपक्षीलाई बन्दीसहित उपस्थित हुन आदेश दिएको थियो। मंगलबार प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले गत आइतबार प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

म्याद दिँदा प्रसाईं क्यान्सरको बिरामी रहेको भन्दै उपचारको प्रबन्ध मिलाउन पनि इजलासले आदेश दिएको थियो।

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, मंसिर १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्