कीर्तिपुर र काठमाडौं-१६ मा आचारसंहिता उल्लंघनको सूचना
आयोगले कीर्तिपुरको अनुगमनका लागि प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपाने संलग्न टोली खटाएको छ।काठमाडौं, मंसिर १२ । निर्वाचन आचारसंहिता उल्लंघन भएको सूचनापछि निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका–१६ मा अनुगमन गर्न टोली खटाएको छ।
आयोगले कीर्तिपुरको अनुगमनका लागि प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपाने संलग्न टोली खटाएको छ।
काठमाडौं–१६ को अनुगमनका लागि सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, उपसचिव (कानुन) सीता पुन श्रीष र प्रहरी उपरीक्षक सञ्जयसिँह थापा संलग्न टोली खटाइएको आयोगले जनाएको छ।
आयोगले गत मंसिर २ देखि निर्वाचन आचारसंहिता लागु गरेको छ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन हुने प्रत्येक स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको सुक्ष्म अनुगमन भइरहेको जनाएको छ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम आचारसंहिता उल्लंघन गर्ने उमेदवारको उमेदवारी रद्द गर्न सक्ने आयोगको विज्ञप्तिमा उल्लेख छ।