Kathmandu Press

अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ : मन्त्री पौडेल

बुधबार चितवनमा आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्व बलबहादुर श्रेष्ठको १२औँ स्मृति सभामा बोल्दै मन्त्री पौडेलले अस्पताललाई शैयाका आधारमा वर्गीकरण गर्दा व्यवस्थित र प्रभावकारी बनाउन नसकिने बताएका हुन।
अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ : मन्त्री पौडेल

चितवन, मंसिर १२ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शैयाका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताएका छन्।

बुधबार चितवनमा आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्व बलबहादुर श्रेष्ठको १२औँ स्मृति सभामा बोल्दै मन्त्री पौडेलले अस्पताललाई शैयाका आधारमा वर्गीकरण गर्दा व्यवस्थित र प्रभावकारी बनाउन नसकिने बताएका हुन।

Hardik ivf

अस्पताललाई वर्गीकरण गर्दा सेवाका आधारमा गर्नुपर्नेमा जोड दिनुपर्ने बताउदै मन्त्री पौडेलले भने-‘यसले अस्पतालको सेवा प्रभावकारी र नागरिकमैत्री बन्दै जान्छ। स्वास्थ्य क्षेत्रभित्र समाजवाद र लोकतन्त्र रहेकाकाले यसलाई अनुभूतिमा परिवर्तन गर्न आजको स्वास्थ्य परिस्थितिलाई बदल्न जरुरी छ।’ 

मन्त्री पौडेलले जनताको आधारभूत स्वास्थ्य संवैधानिक अधिकार रहेको बताउँदै संविधानले व्यवस्था गरेको स्वास्थ्यको हकलाई सुनिश्चित गराउन स्रोतको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए।

सीमित साधन, स्रोतभित्र अधिकतम काम गर्नुपर्ने आजको स्थिति रहेको रहेको मन्त्री पौडेलको भनाई छ।    मन्त्री पौडेलले १४ वर्षमुनिका बालकालिकाको क्यान्सरको उपचार पाँचवटा अस्पतालमा निःशुल्क हुने व्यवस्था गरेको बताउँदै अन्य उपचारमा पनि राज्यलाई दायित्व नबढ्ने गरी व्यवस्थापन गर्ने काम भइरहेको बताए।

जलन उपचारका लागि यस वर्ष नेपालका आठवटा अस्पतालमा निःशुल्क सेवाको व्यवस्था गरिएको मन्त्री पौडेलले उल्लेख गरे।

२००८ मंसिर १२ गते हालको इच्छाकामना गाउँपालिका-२ विप्राङमा जन्मिनु भएका कांग्रेसका पुराना नेता श्रेष्ठको १२औँ स्मृतिमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। २५ वर्ष जनप्रतिनिधि भएर काम गरेका श्रेष्ठले विसं २०३५ मा  बनेको शक्तिखोर गाउँ पञ्चायतको पहिलो प्रधानपञ्चमा निर्वाचित भएका थिए। 
    
     

प्रकाशित मिति: १६:३४ बजे, बुधबार, मंसिर १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्