Kathmandu Press

गृहमन्त्रीले सोधे महोत्तरी र पर्साका सिडिओलाई स्पष्टीकरण 

महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्पष्टीकरण सोधेका हुन्। 
गृहमन्त्रीले सोधे महोत्तरी र पर्साका सिडिओलाई स्पष्टीकरण 

काठमाडौं, मंसिर १२ : गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीलाई स्पष्टीकरण सोधेका छन्।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्पष्टीकरण सोधेका हुन्। 

गृह मन्त्रालय स्रोतका अनुसार महोत्तरीका सिडिओ कवारीलाई सीडीओ कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा स्पष्टीकरण सोधिएको हो। अर्याललाई भने विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधिएको छ। 

पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालमाथि अस्पताल तोडफोड सम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको आरोप छ।

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, मंसिर १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्