Kathmandu Press

जनकपुर र अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयासमा छौं : मन्त्री पाण्डे 

बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रिय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषय अन्तराष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिक रुपले जोडिएको सम्बन्धलाई हवाईसेवाका माध्यमबाट समेत अघि बढाउनुपर्ने बताएका हुन्। 
जनकपुर र अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयासमा छौं : मन्त्री पाण्डे 

काठमाडौं, मंसिर १२ :  संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र  अयोध्यालाई हवाईसेवाको मध्यामबाट जोड्न बताएका छन्।

बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रिय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषय अन्तराष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिक रुपले जोडिएको सम्बन्धलाई हवाईसेवाका माध्यमबाट समेत अघि बढाउनुपर्ने बताएका हुन्। 

अहिलेको अवस्थामा रामको मार्ग दर्शन झनै व्यापक बन्दै गएको बताउँदै मन्त्री पाण्डेले भने–‘विश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नुपर्ने छ।’

दुई दिनसम्म चल्ने संगोष्ठिमा भगवान रामका विविध पक्षमा चर्चा गरिनेछ। संगोष्ठिमा सामेल हुन आएका विभिन्न देशका प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वमा पुर्‍याउन सहयोग गर्न समेत आग्रह गरे ।


 

प्रकाशित मिति: १५:५७ बजे, बुधबार, मंसिर १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्