Kathmandu Press

सुन खरिद विक्रीमा संघ र महासंघको सिण्डिकेट रोक्न अन्तरिम आदेश 

सर्वोच्चका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले वाणिज्य बैंकहरूबाट आयात गरेर खरिद बिक्री गर्ने सुन व्यवसायी संघ र महासंघकोे सिन्डिकेट तोड्न अन्तरिम आदेश दिएको हो।
सुन खरिद विक्रीमा संघ र महासंघको सिण्डिकेट रोक्न अन्तरिम आदेश 

काठमाडौं, मंसिर १२ : सर्वाेच्च अदालतले व्यावसायिक संगठनमा नरहेका व्यावसायीलाई सुन खरिदमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले वाणिज्य बैंकहरूबाट आयात गरेर खरिद बिक्री गर्ने सुन व्यवसायी संघ र महासंघकोे सिन्डिकेट तोड्न अन्तरिम आदेश दिएको हो।

Hardik ivf

रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट सागर ढुंगानाले दिएको रिट निवेदन माथिको बहसपछि अदालतले यस्तो आदेश दिएको हो।

‘राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरूका संघ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्नु, रोक नलगाउनु’अन्तरिम आदेशमा भनिएको छ।
हाल वाणिज्य बैंकहरुले सुन आयात गरी व्यवसायीका तीन संगठनहरुलाई बिक्री हुँदै आएको थियो।

व्यवसायीका तीन संगठनले आवद्ध सदस्य व्यवसायीलाई सुन दिँदै आएका थिए। संगठनमा आवद्ध नभएका व्यवसायीले सुन नपाएको अवस्था देखिएको भन्दै अदालतमा मुद्दा दायर गरिएको थियो।

अदालतले व्यवसायीले संघ÷महासंघमा आवद्ध नभए पनि वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी अन्तरिम आदेश दिएको छ। 


 

प्रकाशित मिति: १५:१६ बजे, बुधबार, मंसिर १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्