Kathmandu Press

काममा फर्किए नेपाल एयरलाइन्सका पाइलटहरू 

नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)का स्थायी पाइलटहरू सेवा सुविधाको माग गर्दै बिरामीको बहाना बनाएर गरेको हड्तालका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको थियाे। 
काममा फर्किए नेपाल एयरलाइन्सका पाइलटहरू 

काठमाडौं, मंसिर १२ : सरकारसँग सहमति भएपछि नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किएका छन्। 

नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)का स्थायी पाइलटहरू सेवा सुविधाको माग गर्दै बिरामीको बहाना बनाएर गरेको हड्तालका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको थियाे। 

हडतालका कारण उडान प्रभावित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पाइलटहरूसँग वार्ता गरेका हुन्। 

वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए। 

लामिछानेका अनुसार मन्त्रालयको तर्फबाट पाइलटले उठाएका सेवा सुविधाका विषयमा वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता भएको छ। यसमा पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको समन्वयमा काम हुने जनाईएको छ ।
 
प्रकाशित मिति: १४:५९ बजे, बुधबार, मंसिर १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्