उद्योगका लाईन नकाट्ने प्राधिकरण बोर्डको निर्णय
मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको लाईन नकाट्ने निर्णय गरेको छ।
काठमाडौं, मंसिर १२ : नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको लाईन नकाट्ने निर्णय गरेको छ।
विद्युत नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएपछि बोर्डले यस्तो निर्णय गरेको हो।
मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि बुधबार समितिको बैठक बसेको थियो।
सरकारले प्राधिकरणलाई बिजुली जोड्न निर्देशन दिएपछि प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेको थियो।
तर नियमन आयोगले मंगलबार लाइन नकाट्न निर्देशन दिएसँगै समितिले पनि लाइन नकाट्ने निर्णय गरेको हो।
प्रकाशित मिति: १४:०४ बजे, बुधबार, मंसिर १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












