Kathmandu Press

दुर्गा प्रसाईंको वन्दीप्रत्यक्षीकरणमा सुनुवाई जारी 

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ चलिरहेको निवेदकका कानुन व्यवसायीले बताएका छन्। 
दुर्गा प्रसाईंको वन्दीप्रत्यक्षीकरणमा सुनुवाई जारी 

काठमाडौं, मंसिर १२ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी छ। 

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ चलिरहेको निवेदकका कानुन व्यवसायीले बताएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको अपुष्ट आरोप लगाएपछि प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो । उनीमाथि साइबर अपराधमा अनुसन्धान चलिरहेको छ। 

सर्वोच्चको आदेश अनुसार मङ्गलबार प्रसाईंलाई अदालतमा उपस्थित गराइएको थियो । मउनलाई मंगलबार उपचारका लागि विर अस्पतालमा फर्काइएको थियो। 

प्रसाईंका छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। प्रसाईंलाई गत मङ्सिर ४ गते सिआइबीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति: १४:०२ बजे, बुधबार, मंसिर १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्