Kathmandu Press

प्रधानमन्त्री ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता गर्ने

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्ने कार्यक्रम छ। त्यसको भोलिपल्ट ओलीले चिनियाँ राष्ट्रपतिलाई भेट्ने कार्यक्रम तय भएको हो। दुवैबीच बेइजिङमा भेटवार्ता हुनेछ।
प्रधानमन्त्री ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता गर्ने

काठमाडौं, मंसिर १२ : चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङ मंसिर १८ गते भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्ने कार्यक्रम छ। त्यसको भोलिपल्ट ओलीले चिनियाँ राष्ट्रपतिलाई भेट्ने कार्यक्रम तय भएको हो। दुवैबीच बेइजिङमा भेटवार्ता हुनेछ।

सोही दिन प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्रीलगायत उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। 

मंसिर १९ गते प्रधानमन्त्री ओलीले नेपाल उद्योग वाणिज्य महासंघ र पेकिङ युनिभर्सिटीले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गर्नेछन्। 

प्रधानमन्त्री ओली चार दिन बेइजिङमा बिताएर २० मंसिरमा फर्कनेछन्।

प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा बिहीबार चीन जाँदैछिन्। 

प्रकाशित मिति: १३:२४ बजे, बुधबार, मंसिर १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्