एनपिएल खेल्न कर्णालीका वाल्टन र बाबर काठमाडौंमा
वाल्टन र बाबरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा याक्सका मालिक झनकदत्त खनाल, गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।काठमाडाैं, मंसिर १२ : नेपाल प्रियिमर लिग (एनपिएल) खेल्न कर्णाली याक्सका दुई विदेशी खेलाडी वेस्टइन्डिजका विकेटकिपर ब्याट्सम्यान चाडविक वाल्टन र हङकङका ब्याट्सम्यान बाबर हायन काठमाडौं आइपुगेका छन्।
मंसिर १५ गतेबाट सुरु हुने प्रतियोगितका लागि वाल्टन र बाबर मंगलबा राति काठमाडौं आइपुगेका हुन्। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा याक्सका मालिक झनकदत्त खनाल, गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।
वाल्टन पहिलो पटक नेपालमा खेल्न आएका हुन् भने बाबरले यसअघि नै हङकङको राष्ट्रिय टिम र टि–२० लिग खेलिरसकेका छन्।
सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले वाल्टन र बाबरसँगै भारतका स्टार ब्याट्सम्यान शिखर धवन, ओमानका पूर्वकप्तान जिसन मक्सुद र पाकिस्तानका हसन तलतलाई अनुबन्धन गरेको छ।
कर्णाली याक्सले मंसिर २ गते जनकपुर बोल्ट्सँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।