दुई लगतार घटेको सुनको मूल्य बुधबार बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ।
काठमाडौं, मंसिर १२ : लगातार दुई ओरालो लागेको सुनको मूल्य नेपाली बजारमा बुधबार बढेको छ।
२ दिनमा प्रतितोला १७ हजारभन्दा बढी घटेको सूनको मूल्य बुधबार ९ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुनको१ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मुल्य आज १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: ११:५१ बजे, बुधबार, मंसिर १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1765004362.jpeg)
